काठमाडौ । फिल्म ‘रुमानी रंगहरु’बाट नायक आर्यन अधिकारी बाहिरिएका छन् । आर्यन बाहिरिएपछि फिल्ममा नायक धिरज मगरको प्रवेश भएको छ ।

यो फिल्मको सुरुवातमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए । निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो ।

अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ ।

फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । यो फिल्मलाई रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको हो ।

साम्राज्ञी र धिरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here