काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचेतक निशा डाँगीले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षणपत्र बुझाएकी छन् । सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले मंगलबार ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
उनले सरकारले डिजिटल फ्रेम नेटवर्कको खाका बनाएको तर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणले दुख पाएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् ।