काठमाडाैं । टियू क्रिकेट मैदान निर्माणका विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालासँग छलफल गरेका छन् ।


टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारीसहित खेलाडी, खेलप्रेमीसँग छलफल गरेका हुन् । उनले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए ।


पदाधिकारी खेलाडीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here