काठमाडाैं । आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदै छन् ।

अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्।

सत्ता समीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । उनी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

दुई दलको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here