काठमाडाैं । डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायल जाँदै गरेको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४​ मा आज बिहान ५ बजेतिर दुर्घटना भएको हो । बसमा सवार सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here