काठमाडाैं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ ।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिँदैछ । त्यसक्रममा आज राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी जानकारी गराएको हो ।

टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमा समेत मागेको छ । सेवासम्बन्धी समस्याका लागि सदाझैँ १४९८ र १९८ मा डायल गर्न टेलिकमले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here