काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा बिहानैदेखि ठुलो वर्षाका कारण विभिन्न स्थानका सडक जलमग्न भएका छन् ।
बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका क्षेत्र जलमग्न हुने गरेको छ। मंगलबार काठमाडौंको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् ।
साथै उपत्यका भएर बहने नदी तथा खोलामा पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।