नयाँ दिल्ली । तमिल अभिनेता अजित कुमार फेरि पनि दुर्घटनामा परेका छन् । स्पेनको भ्यालेन्सियामा हाई–स्पीड रेसिङ प्रतियोगिताको क्रममा उनी कार दुर्घटनामा परेका हुन् । पोर्स स्प्रिन्ट च्यालेन्जको समयमा यो दुर्घटना भएको हो । दुई महिनामा अभिनेता कार दुर्घटनामा परेको यो तेस्रो पटक हो ।

यसअघि पोर्चुगलको एस्टोरिलमा एउटा ठुलै मोटरस्पोर्ट रेसिङ प्रतियोगिताको अगाडि उनको दुर्घटना भएको थियो । दुबई अटोड्रोममा अभ्यासका क्रममा उनी कार दुर्घटनामा परेका थिए ।

अजित कुमारका म्यानेजर सुरेश चन्द्रले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । यसमा अजितको कार रेस ट्र्याकमा अर्काे कारसँग ठोक्किएपछि कैयौँ बल्ड्याङ खाएको देखिन्छ । अघिल्ला दुई दुघर्टनामा झैं यस पटक पनि अभिनेता सुरक्षित रहे । स्पेनको भ्यालेन्सियामा रेसिङ भइरहेको थियो, ५ वटा राउन्ड अजित कुमारका लागि राम्रो रह्यो । उनी १४ औं स्थानमा रहे र सबैले उनको सराहना पनि गरेका थिए ।

‘तर छैठौं राउन्ड दुर्भाग्यपूर्ण रह्यो । अरू कारका कारण उनी दुई पटक दुर्घटनामा परे । भिडियोले स्पष्ट रूपमा देखाउँछ कि उनको गल्ती थिएन,’ चन्द्राले पोस्टमा लेखेका छन् । पहिलो दुर्घटनापछि अजित पुनः रेसमा आएर राम्रो गरिरहेका तर दोस्रो दुर्घटना भएपछि उनी दुई पटक लडेको चन्द्राले भनेका छन् ।

अभिनेताप्रति चिन्ता र शुभकामनाका लागि चन्द्राले सबैलाई धन्यवाद भन्दै अजित ठिक भएको बताएका छन् ।

अजित कुमार हालै तमिल एक्सन थ्रिलर फिल्म ‘विदामुइर्ची’मा देखिएका थिए । मागिज थिरुमेनीले निर्देशन गरेको यो फिल्म सन् १९९७ को अमेरिकी फिल्म ‘ब्रेकडाउन’बाट प्रेरित भएको बताइएको छ । ‘विदामुयार्ची’ मा अर्जुन सर्जा, त्रिशा कृष्णन, रेजिना क्यासान्ड्रा, आरव र राम्या सुब्रमण्यमको पनि मुख्य भूमिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here