काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री अधिकारीले सरकारले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
अधिकारीले कृषि उत्पादनका लागि सामग्री उपलब्ध नरहेको बताए । ‘किसानले समयमा मलखाद, बिउ न पाउने समस्या विगतबाट हुँदै आएको छ,’ उनेले भने,’हामीले यो विषयमा धेरै काम गर्ने बाँकी छ ।’ मन्त्रीले लगानी दशक घोषणा अनुसार कार्ययोजना तयार गरी रहेको बताए ।
उनले भने, ‘२०८१ देखि २०९१सम्म राज्यले कृषि लगानी दशक घोषण गरेको छ र यसलाई सार्थक बनाउन मन्त्रालयले आवश्यक तयारी गरेको छ।’ कृषिमा आवश्यक भन्दा कम लगानी रहेकाले यसलाई प्रोत्साहन गर्न पर्ने तर्क राखे । उनले हालको दशकमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनीकरणका सरकारले आवश्यक पहल गरेको जानकारी दिए ।