काठमाडाैं । सार्वजनिक लेखा समितिका सदस्य मनिष झाले टिओडीमा ठुला दलका मान्छेको समस्या बल्झिएको बताएका छन् ।
बिहीबार बसेकाे लेखा समितिको बैठकमा उनले विद्युत पद्धतिमा दुईवटा ठुला दलले बहस गर्न नहुने बताए ।
उनले भने, ‘नौ वर्ष पुरानो विवाद स्पष्ट हुन सकेको छैन, तर यसमा विद्युत पद्धति सबैले मान्दिने हो भने ठुला दलका कसैले सदनमा बहस गर्न नहुँने हो, हाम्रो अन्यौलतामा रमाउने बानी रहेको छ । टिओडी कुन कम्पनीलाई कहिले रिलिज गरिएको हो भन्ने सूचना नै छ ।’
उनले विद्युत प्राधिकरणले यो मितीमा हाम्रो टिओडी सिस्टम थिएन भनेर भन्न नहुँने जिकिर गरे । प्राधिकरणले बिल तिर्नुको सट्टा रमिता हेरेर बसेको उनले बताए ।