काठमाडौं । नेकपा (एमाले) कञ्चनपुरको नवौं जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन्।

निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकांक्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो। त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन-८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए।

सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे। गत बिहीबार नवौं जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here