काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।
गएराति ओल्ड ट्राफोर्डमा भएकाे खेलमा फुल्हमलाई १–० गोलले पराजित गरेकाे हाे ।
युनाइटेडका लागि जोशुआ जिर्कजीले एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा गरेको गोल युनाइटेडको जितका लागि निर्णायक बनेको थियो ।
जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै अंक तालिकामा तीन अंक जोडेको छ । फुल्हमले पहिलो खेलमै हार बेहोरेको छ ।
यसपटक प्रिमियर लिगमा लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।