काठमाडाैं । युरो कप २०२४ को उपाधिका लागि आइतबार राति स्पेन र इंग्ल्याण्ड भिड्दै छन् । १७औँ संस्करणको फाइनल राति पौने १ बजे बर्लिनमा हुनेछ ।

बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्याण्डले स्पेनसँगको भेट पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको थियो ।

उपाधिका लागि ३ पटकको विजेता स्पेन र साबिक उपविजेता इंग्ल्याण्डबीच खेल हुनेछ । दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गर्दै समान २–१ गोलले खेल जितेर फाइनलमा पुगेका हुन् ।

स्पेनले अहिले सम्म तीन पटक युरो कपको उपाधि जितिसकेको छ ।

इंग्ल्याण्डले भने सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेपछि अहिलेसम्म कुनै ठूला उपाधि जित्न सकेको छैन । इंग्ल्याण्डका लागि फाइनल पुग्नु ठूलो उपलब्धि मानिन्छ ।

६ दशक लामो उपाधि खडेरी तोड्दै इंग्ल्याण्ड विश्व फुटबलमा आफ्नो उपस्थिति देखाउने लक्ष्यसहित आज मैदान उत्रदैछ । जारी संस्करणमा टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here