काठमाडौंँ । फिल्म निर्माता किरण नेपाली कार दुर्घटनामा परि घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ फर्किने क्रममा आइतबार दिउँसो उनी चढेको कार सिन्धुलीको चौकीटार भन्ने स्थानमा दुर्घटनामा परेको हो ।पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको थियो ।दुर्घटनामा आफ्नो हात, खुट्टामा चोट लाग्नुको अलवा ढाडको हड्डी समेत भाच्चिएको छ। कार उनका साथी राजु थापामगरले चलाएका थिए । थापा मगर भने सामान्य घाइते भएका छन् । निर्माता नेपालीले फिल्म ‘पोई पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ निर्माण गरेका छन् । उनको निर्माण रहेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माता नेपालीले राजु गिरी निर्देशित प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’ मा कलाकारको रुपमा अभिनय समेत गरेका छन् । किरण पछिल्लो समय फिल्म ‘सोली डोली’ निर्देशन तयारमिा पनि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here