काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ माछापोखरी चोकमा पार्किङमा राखेको गाडीमा आगलागी भएको छ । गुणस्तर विभागभित्र पार्किङ गरी राखेको प्रदेश नम्बर ३-०१-००२ झ ५४४६ नम्बरको स्कार्पियो गाडीमा आइतबार राति आगलागी भएको हो । 

आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here