काठमाडौं । पोखरा महानगरपालिका-८ नागढुङगाबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेललगायत रहेको प्रहरीले जनाएको छ । कडेलकै एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here