बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमाआवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here