काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताइन् ।


उनले भनिन्,‘अहिले रसियामा पररष्ट्र मन्त्रालय त्यती सक्रिय भएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर योभन्दाअगाडिको मन्त्रीहरुलाई पनिउहाँहरुलाई जानकारी दिएको र त्यही अनुरुप हाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ । निरन्तर पहल भइरहेको छ । नेपाली रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्योभन्दा बढिपनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन् ।’

उनका अनुसार रुस–युक्रेन युद्धभएदेखि हालसम्म रुसी सेनामाभर्ती भई युद्धमा मृत्यु हुने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डीएनए परीक्षणका लागि दिइएको छ । हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन् ।


यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जनाफर्कि सकेको छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।
हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जनाछन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेद नदिएको संख्या ११६ रहेको छ । घाइते वाअन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेकाछन् ।
यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरी तहमादुई पक्षिय र बहु पक्षिय कूटनीतिक पहल निरन्तर रुपमा गरिरहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here