काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल आज चीन जाने भएकी छन् ।

पाँचौँ चीन-दक्षिण एसिया सहयोग मञ्चमा भाग लिन उनी आज चिनकाे कुनमिङ जान लागेकी हुन् । लम्सालले उक्त फोरममा आफ्नो मन्तव्य दिने छिन् ।

फोरमको साइडलाइनमा उनले उच्चस्तरीय भेटवार्ता समेत गर्ने मन्त्रालयले जनाएको छ । सचिव लम्साल साउन १२ गते स्वदेश फर्किने छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here