काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको कार्यक्रममा पूर्वराष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको अन्तर्राष्ट्र सञ्चार माध्यमलाई बीबीसीले जनाएको छ ।

गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरले उठाएका थिए । ट्रम्पको कानमा गोली लागेको बताइएको छ । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै सुरक्षित स्थानतर्फ लगेको थियो । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको बीबीसीले जनाएकाे छ । र्‍यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले घटनाप्रति निन्दा गर्दै ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

त्यस्तै, बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here