पाल्पा । पाल्पाका सुन ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रैनादेवी छहरा–७ बल्ढेङ्गढीकी ७८ वर्षीय डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार साह, सोही स्थानका २१ वर्षीय आशिक साह, २१ वर्षीय रोश साह र अर्का २१ वर्षीय कृष्ण साहलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले बगालेको सुन फोहोर भएको र सफा गर्ने बहानामा अर्को सुनको जस्तो देखिने रिङ दिएर भागी फरार भएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here