काठमाडौं । गुगलले क्रोम ब्राउजरमा नयाँ भर्सन सार्वजनिक गरेको छ । पहिलेको तुलनामा ३० प्रतिशत चाँडो चल्ने क्रोम ब्राउजरको नयाँ भर्सन सार्वजनिक भएको हो ।
एक ब्लग पोस्ट लेख्दै गुगलले पछिल्लो भर्सनमा ब्राउजरको गति र क्षमतामा सुधार गरेको उल्लेख गरेको छ । यद्यपि यो अपडेट ‘हाई(एन्ड’ डिभाइसमा मात्र उपलब्ध हुने जनाएको छ । यसले डिभाइसमा थप स्टोरेज ओगट्ने छ ।
हरेक डिभाइसहरूको क्षमता भिन्न भिन्न हुने भएकाले ‘हाई(इन्ड’ डिभाइसमा मात्र यो अपडेट ल्याएको गुगलले उल्लेख गरेको छ ।