काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेपछि गृहमन्त्री लामिछानेले आज विदाइ कार्यक्रममा आफ्नो नजर गृह मन्त्रालयमा हुने बताए ।

गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दल मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे ।

उनले भने, ‘कयौँ कुरा बाहिर आएका थिए । सरकार परिर्वतनसँगै सामसुम देखिन्छ । नेपाल प्रहरीले र सीआईबीले दतारुकताका साथ काम गरोस् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here