काठमाडाैं । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक सोमबार बस्ने जानकारी गराए ।

आज बसेको बैठकमा आकस्मिक समयमा सांसद्ले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here