नेपालमा मानव बेचबिखन तथा ओसारप्रसारको अवस्था कस्तो छ ? विगतको तुलनामा घट्दो छ कि बढेको छ ?


व्यूराको अध्ययन अनुसार पछिल्लो समयको तथ्यांक अनुसार मुद्दा दर्ता, उद्दार, अपरेशन र कारबाही गरेको अवस्था हेर्ने हो भने मानव बेचबिखनको अपराधमा संलग्नलाई पक्राउ गरेको अवस्था हेर्दा वृद्धि भएको छ । प्रहरीको एक्सन बढ्यो भने अपराध धेरै दर्ता र पक्राउ भएको अवस्था छ । उद्दार धेरै भएको देखिन्छ । नयाँ ट्रेन्ड हेर्दा आन्तरिक र बाह्य दुई तरिकाले बेचबिखन भएको पाइन्छ । आन्तरिक रुपमा हेर्ने हो भने मनोरञ्जनको क्षेत्रमा, होटल र स्टुरेन्टमा मसाज व्यूटिपार्लर जस्ता ठाउँमा कामदारको रुपमा राखेर चेलिबेटीमाथि मानव बेचबिखन भएको देखिन्छ । यसरी व्यवसायको आवरणमा मानव बेचबिखन भइरहेको छ ।


अन्तर्राष्ट्रिय स्तरमा हेर्दाखेरी नयाँ ट्रेन्ड के देखिरहेको छ भने बेरोजगारीको अवस्था र देशको आर्थिक अवस्था प्रमुख कारण देखिएको छ । देशमै भएको रोजगारी पनि भरपर्दो देखिदैन् । खेतीपातीमा संलग्न भएका त्यसलाई छाड्ने । चाँडो र सजिलै कसरी पैसा कमाउन सकिन्छ भन्ने सोच राख्ने कारण बैदेशिक रोजगारीमा गएको देखिन्छ । समस्या के भयो भने अहिले बैदेशिक रोजगारीको नाममा विभिन्न ठग देखा परे । ठग र तस्करीको सञ्जाल बनाउने भए । यीनिहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीलाई विशेषगरी खाडी मूलुकमा लगेर घरेलु कामदारका रुपमा मानव बेचबिखन गर्ने गरिरहेका छन् ।


कामदार चाहिएकाले आएर बार्गेनिक गरेर किनबेच गर्ने गरिरहेका छन् । लिएर गएपछि घरभित्र नै उनीहरुलाई यौन शोषण गर्ने गरेको पाइन्छ । बन्धक बनाउने परिवारसँग सम्पर्कबिहीन गराइदिने र वेश्यावृतिमा लगाइदिने जस्ता कामहरु गराइएको पाइन्छ ।


यतिमात्र होइन खाडी मुलुकको समस्या यस्ता छन् भने, थाइल्याण्ड, म्यानमार जस्ता देशमा नेपाली साइबर स्क्याइमिङको गर्ने जस्ता अपराधमा संलग्न भइरहेको देखिन्छ । तस्करले एक हजारदेखि १५ सय डलरमा महिनाको कमाई हुन्छ भनेर लिएर गएर बन्धक बनाएर काम गराइरहेको अवस्था छ । अन्य विभिन्न बहानामा घुम्न जाने, सेमिनारमा जाने बहानामा सांस्कृतिक टोली लैजाने बहानामा पनि मानव बेचबिखन भइरहेको छन् । अहिले स्वरुप परिवर्तन भएतापनि अपराध बढेको जस्तो देखिन्छ । मानव बेचबिखनको मुद्दा चलाउने कुरामा पनि प्रहरीहरुको एकदमै सक्रिय भूमिका छ ।


मुद्दाको अनुपात घटेर मानव बेचबिखनको मात्रा पो बढेको छ कि ?


व्यूरो स्थापना भएदेखि नै आजको दिनसम्म एक हजार सातवटा मुद्दा दर्ता भएका छन् । त्यसमा लगभग २१ सय जना अपराधी चाँही पक्राउ परेका छन् । कानुनको दायरामा ल्याइएका छन् । करिब २५ जना उद्दार भएका छन् । अझैपनि हाम्रो मानव बेचबिखनका सबै मुद्दालाई कानुनको ढोकासम्म ल्याइपुर्‍याउन सकेको अवस्था भने छैन् । त्यो भनेर पीडित प्रेरित भएर प्रहरीको ढोकासम्म आएको अवस्था छैन् । सामाजिक च्यानलमा बार्ताबाट मुद्दा मिलाउने पुलिसकहाँ आइनपुग्न सूचना आइनपुग्ने हुन्छ । उद्दार भएर आइसकेपछि रिस मर्दै गएर पैसा लिएर प्रहरीलाई फोन नै नगर्ने, प्रहरी रिपोर्टमा आउ भन्दा भाग्ने गरेको अवस्था पनि छ । तर मानव बेचबिखनको अवस्था विकरल नै छ । यसलाई सबै मिलेर नियन्त्रण गर्नुपर्छ ।

मानव बेचबिखन विरुद्धको यो मुद्दाहरुमा अथवा यसलाई न्युनिकरण गर्नका लागि प्रहरीले के कस्तो काम गरिरहेको छ ?डाटा हेर्दा नेपालको कुन भागबाट धेरै मानव तस्करी भएको पाईएको छ ?


प्रहरीले यस विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय र चौकीसस्तरसम्म जनताचेनामूलक कार्यक्रम गरेका छौँ । समुदाय प्रहरी साझेदारी भन्ने कार्यक्रम रहेको छ । साझेदारी कार्यक्रममार्फत मानव बेचबिखनको विषयलाई लिएर विद्यालयमा पुगेको अवस्था छ । पुलिस शिक्षकको नियुक्ति गरेर अगाडि बढेको छ । पालिका स्तरसम्म साझेदारी कार्यक्रम सञ्चालन गरेको अवस्था छ । मानव बेचबिखन सम्बन्धी विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर सूचना प्रवाह गर्ने गरेका छौँ ।


देशको कुन भागमा धेरै मानव बेचबिखन हुन्छ भन्ने कुरामा सबैभन्दा बढि काठमाडौं र काठमाडौंमा जोडिएका पहाडी जिल्लामा र मकवानपुर, धादिङ नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपालञ्चोक र उदयपुर अलि बढि प्रभावित देखिन्छन् । युरोप अमेरिकाको हिसाबले हेर्दा सल्यान, रुकुम, रोल्पा,दाङमा बढी प्रभावित देखिन्छ ।


मानव बेचबिखन तथा ओसारप्रसारको मुद्दामा कति व्यक्तिहरुको तपाईहरुको नियन्त्रणमा हुनुन्छ ? कस्ता मुद्दा बढी छन् ?


पाँच वर्षमा जम्म एक हजार चारवटा मुद्दा दर्ता भयो । त्यो मध्य २१ सय २२ जना पक्राउ परे । पीडितको संख्या १४ सय ४२ छ । अझैपनि सातसय ७९ जना अहिले पनि फरार सूचीमा छन् । तिनीहरु देश बाहिर भएको अवस्था छ । तिनीहरुलाई विभिन्न माध्यमबाट समात्ने ल्याउने कोसिस भइरहेको छ । मुद्दाको अवस्था हेर्दा सबैभन्दा बढि बैदेशिक रोजगारमा जाने र भिजिट भिसाको दुरुपयोग भएको पाइन्छ । श्रम स्वस्कृति नपाइने ठाउँहरुमा त्यस्तो ठाउँमा भिजिट भिसाको आवरणमा पठाएर मानव बेचबिखनमा परेर फर्किएका महिलाहरु धेरै हुनुहुन्छ ।


पहिला खुल्ला सिमाना भएको कारण मानव तस्कर हुन्छ भन्ने गरिन्थ्यो अहिले त्यो सिफ्ट भएर बैदेशिक रोजगारसम्म पुगेको हो ?

पहिलेको कुरा गर्दा नेपालमा धेरै मानव तस्करी चाँही भएको हो । विदेशमा खासै मानव तस्करी भएको पाइदैनथ्यो, अलि अलि बिहे गरेर लैजाने घटनाहरु थियो । तर अहिले लक्ष्य भारत त छँदै छ तर अरु देश जस्तै खाडी मुलुक र पूर्वीय देश टार्गेट भएका छन् । खुल्ला सिमा त अहिले पनि चुनौती नै छ । खाडी पुर्याइएका मान्छे हाम्रो खुल्ला सिमानाबाट भारतका विभिन्न एरपोर्टबाट उडेर त्यहाँ पुगेको देखिन्छ । खुल्ला सिमाना हाम्रो लागि चुनौती नै छ । मानव बेचबिखन ओसारको मुख्य पोइन्ट भनेको हाम्रो खुल्ला सिमाना नै हो । सिमानामा विभिन्न सुरक्षा निकाय भएपनि यतिले मात्र रोक्न सक्ने अवस्था छैन् । किनभने हाम्रो सबै ठाँउमा सिमाना छ हिड्दा हिड्दैँ भारत पुगिन्छ । कहाँ नेपाल कहाँ भारत पिलर नभएको ठाँउमा त्यो पनि थहा नहुने अवस्था छ । त्यो कारणले खुल्ला सिमाना हाम्रोलागि चुनौती त छ ।

सबै काम गर्दागर्दै पनि यो घट्नुको सट्टा किन बढि रहेको छ ?


यसको जरासम्म जानुपर्छ । यसको जरा भनेको हाम्रो बेरोजगारी, अशिक्षा, गरिबी नै हो । किनभने हाम्रो आधुनिक कृषि प्रणाली लागू हुन सकिरहेको छैन् । मान्छे कृषि, पशुपालन व्यवसायतिर धेरै आकर्षित हुन सकेको अवस्था छैन् । उद्योगधन्दा, कारखाना खोलेर यही रोजगारी सिर्जना गर्ने कामतर्फ पनि धेरै लागेका छैनन् । मान्छेहरुको लागि अहिले सजिलो के भने विदेश जाने, कमाउने, ल्याउने अथवा कोही उतै बस्ने हिसाबले जाने भए, यसको मुख्य कारण भनेको बेरोजगारी, अशिक्षा, गरिबी नै हो ।

रोक्न नसक्नुको मुख्य कारण पनि यही हो । जबसम्म नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने भावना जागरित गराउन सकिदैँन्, तबसम्म वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखनका अपराधहरु नियन्त्रण गर्न समस्या हुन्छ । तथापी यसमा एजेन्टहरुले छलेर, प्रलोभनमा पारेर लिएर जाने पनि हुन्छ । यो हाम्रो अशिक्षाको कारणले हुने घटना हो । यो पनि बढि रहेको छ ।


हामीले केही पनि गर्न सकेका छैनौ, भन्ने त होईन धेरैलाई कारबाहीको दायरामा ल्याएका छौ । धेरैलाई फिर्ता पनि गरिएको छ । फिर्ता गर्दागर्दै पनि प्रहरीको आँखा छलेर भाग्ने, यो राम्रो होइन्, फर्किनु भनेर भन्दा पनि मेरो अधिकार हनन् नगर्नु भन्ने खालको, फर्किएका मान्छे अर्को बाटोबाट जाने गरेको अवस्था छ । यसलाई रोक्नको लागि जरादेखि नै बलियो हिसाबले काम गर्नुपर्ने हुन्छ । यसमा स्थानिय सरकारदेखि केन्द्रीय सरकार सबैको समान दायित्व हुन्छ ।


सरकारले के गर्यो भने अथवा अनुसन्धान ब्यूरोले के काम गर्दा मानव तस्करी घट्छ जस्तो लाग्छ ?


कसैले गरेको एकल प्रयासले यो रोक्न सकिदैँन् । यसलाई रोक्नको लागि सबैको साझा प्रयास चाहिन्छ । नगरेको पनि होइन, सरकारले धेरै काम गरेको छ । ब्यूरोले पनि गरेको छ । यसले सक्नेसम्म काम गरेको छ । यद्यपि ब्यूरोको पनि ७७ जिल्ला, सात प्रदेश, प्रदेशमा विभिन्न प्रकारका समस्या, अन्तर्राष्ट्रिय एयरपोर्ट तीन वटा भइसकेको छ । त्रिभुवन एरपोर्टमा ब्यूरोको उपस्थिती छैन् । काम भइरहेको भएपनि दुई तीन वटा कुरालाई सरकारले पनि ध्यान दिनुपर्छ । स्थानीय तहले पनि इन्ट्रिको व्यवस्था गर्नुपर्ने हुन्छ । आफ्नो नागरिक कहाँ छ भनेर सूचनाको एउटा अभिलेख राख्ने एउटा सिस्टम बनाउनु पर्यो । वडा तहदेखि विदेश जानुभन्दा अगाडि सोधपुछ गर्ने व्यवस्था गर्नुपर्ने, यसको साथै प्रदेश सरकारको समन्वयको कुरा हुन्छ । केन्द्रीय सरकारको नीतिगत कुरा छन् । मानव बेचबिखन तथा ओपारपोसार ऐनलाई संशोधन गर्नुपर्ने कुरा छन् । यसमा विचार गर्नुपर्छ ।


उद्धार भएर आएका मान्छेलाई राख्नको लागि सरकारी तहको व्यवस्था गर्नुपर्छ । अहिले संघ संस्थाले बनाएको ठाँउमा उद्धार भएर आएका पीडित बस्नुपर्ने अवस्था छ ।
अपराधीलाई कानूनी दायरामा ल्याउनको लागि विभिन्न राष्ट्रसँग एमओयू गर्नुपर्ने, कानूनी सहायताको सम्झौता गर्नुपर्ने छ । देशभित्रै राख्न सक्ने अवस्था, रोजगारी दिन सक्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ । सबै कामहरु आफ्नो आफ्नो तहबाट गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हजारौंको संख्यामा मानिस बाहिरिने गर्छन् । त्यही नै ब्यूरोको पहुँच पुगेको छैन भन्नुभयो । यो त अलिक लज्जाको विषय भएन र ?


ब्यूरोको टोली त्यहाँ नहुदैँमा सबै सकियो भन्ने होईन् । त्यहाँ नेपाल प्रहरीको सुरक्षा युनिट छ । अध्यागमन विभाग छ । हाम्रो तत्कालका लागि त्यहाँ भूमिका छैन् मात्र भन्न खोजेको हो । यसको मतलब त्यहाँ सुरक्षा निकाय छैन भन्ने होईन् । हाम्रो ब्यूरोको भूमिका पनि हुने हो भने उपयुक्त हुन्छ भन्ने मात्र हो । यी सबै ठाँउमा ब्यूरोको विस्तार गर्नुपर्ने छ ।

मानव बेचबिखनमा परेका पीडितलाई पुनस्थापन गर्नको लागि प्रहरीले कस्तो भूमिका खेलेको छ ?

हामीले उद्धार भएर आएका जतिपनि बेचबिखनमा परेका पीडितहरु छन् उहाँहरुसँग आउने वित्तिकै परामर्श गर्छौ । गैर सरकारी क्षेत्रका संस्था छन् उनीहरुले बेचबिखनमा परेका पीडितलाई बस्नको लागि उपयुक्त ठाँउ दिने, कानूनी कामहरु गर्ने जस्ता कामहरु गर्नुहुन्छ पीडित सुरक्षित महशुस नगरेसम्म अथवा बस्न चाहेसम्म त्याही राख्ने व्यवस्था गर्ने, पढाउने, सिप सिकाउने विभिन्न संस्था छन् । सबैजना मिलेर नै काम गरिरहेका छौँ । सकेसम्म उहाँहरुलाई सहयोग गर्ने प्रयास गर्छौ ।


मानव बेचबिखनमा परेकाहरुको मुद्दा हेर्दा कुन केस तपाईको लागि चुनौतीपूर्ण थियो ?


धेरै केश छन् । हालैमात्र भारतमा लगेर बेच्न लागेको, हामीलाई सूचना आएको थियो । एउटा केटाले एकजना १६ वर्षकी नानीलाई बेच्न लिएर गइरहेको छ भन्ने सूचना आएको थियो । त्यसपछि हामीले प्राविधिक अनुसन्धान गर्दा चापागाँउ हुदैँ हेटौडा निस्किएर जान लागेको भन्ने सूचना पाएपछि चापागाँउका प्रहरीसँग समन्वय गरेर केटालाई प्रक्राउ गर्न सफल भयौं । र केटीलाई उद्धार गरेर ल्याएका थियौँ । लाने मान्छे एउटा, नेपालमा खोज्दिने एकजना र यो सँगै अर्को एकजना मान्छे पनि पत्ता लगाएका छौ । यस्ता धेरै केशहरु छन् । एकदम भावुक बनाउने केश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here