काठमाडौँ। आईसीसी टी–२० वर्ल्डकप अन्तर्गत भारत र पाकिस्तान बीच खेल भइरहेको छ। नसाउ कन्ट्री इन्टरनेशनल स्टेडियममा भैरहेको खेलमा पाकिस्तानले टस जितेर फिल्डीङ्ग रोजेको थियो । पहिलो इंनिङ्गमा भारतले सम्पूर्ण विकेट खर्च गरेर १९ ओभरमा ११९ रन जोडेको छ ।
भारतको लागि ओपनिङ्गमा आएका रोहित शर्मा र विराट कोहोली १७ रन बनाएर आउट भएका थिए । विराटले पहिलो बल मा ४ रन जोडेका थिए भने तेश्रो बल मा आउट भएका थिए यस्तै रोहित १२ बलमा १३ रन जोडेर पविलिएन फर्किए।
भारतकाे लागि रिसव पन्तले ३१ बलमा १ छक्का काे साथमा सर्वाधिक ४२ रन जाेडेका थिए । अक्षर पटेलले १८ बलमा २० रन जाेडेका थिए । जसप्रित बुम्रा र रबिन्द्र जडेजा भने ० रनमै आउट भएका थिए । आशा गरिएका सुर्यकुमार यादव र शिबम दुबेले समेत खासै रन बटुल्न सकेका थिएनन् । हार्दिक, अशर्दिप र मोहम्बद सिराजले भने क्रमश : ७ , ९ र ७ रन बटुलेका थिए।
यता पाकिस्तानको लागि नसिम शाह र हरिस रउफले क्रमश: सर्वाधिक ३-३ विकेटकाे याेगदान दिएका छन् । माेहम्मद अमिर र साहिन अफ्रिदिले क्रमशः २ र १ विकेट लिएका थिए ।
दाेस्राे इनिङ्गकाे खेल पुन: शुरु भैसकेकाे छ ।