काठमाडौँ । आईसीसी टी–२० वर्ल्डकप अन्तर्गत भारत र पाकिस्तान बीचको खेलमा भारत ६ रन ले बिजयी भएको छ । नसाउ कन्ट्री इन्टरनेशनल स्टेडियममा भएको खेलमा पाकिस्तानले टस जितेर फिल्डीङ्ग रोजेको थियो । पुरा ओवर खेलेको पाकिस्तानले ७ विकेट गुमाउदै ११३ रन मात्र बनाउन सक्यो।
पहिलो इंनिङ्गमा भारतले सम्पूर्ण विकेट खर्च गरेर १९ ओभरमा ११९ रन जोडेको थियो ।
भारतको लागि ओपनिङ्गमा आएका रोहित शर्मा र विराट कोहोली १७ रन बनाएर आउट भएका थिए । विराटले पहिलो बल मा ४ रन जोड्दै तेश्रो बलमा आउट भएका थिए यस्तै कप्तान रोहित १२ बलमा १३ रन जोडेर पविलिएन फर्किएका थिए।
भारतकाे लागि रिसव पन्तले ३१ बलमा १ छक्का काे साथमा सर्वाधिक ४२ रन जाेडेका थिए । अक्षर पटेलले १८ बलमा २० रन जाेडेका थिए । आशा गरिएका सुर्यकुमार यादव र शिबम दुबेले खासै रन बटुल्न सकेका थिएनन् । अशर्दिप, हार्दिक र मोहम्बद सिराजले भने क्रमश : ९, ७ र ७ रन बटुलेका थिए। जसप्रित बुम्राह र रबिन्द्र जडेजा भने ० रनमै आउट भएका थिए।
यता पाकिस्तानको लागि नसिम शाह र हरिस रउफले क्रमश: सर्वाधिक ३-३ विकेटकाे याेगदान दिएका थिए । माेहम्मद अमिर र साहिन अफ्रिदिले क्रमशः २ र १ विकेट लिएका थिए ।
दोश्रो इनिङ्गमा पाकिस्तानका लागि कप्तान बाबर आजमले १० बलमा १३ रन जाेड्दै आउट भए । जसप्रित बुम्राकाे बल र सुर्यकुमार यादवकाे क्याचमा पाकिस्तानी कप्तान आउट भएका थिए ।
पाकिस्तानी उस्मान खानलाई १३ रनमै अक्षर पटेलले एलबीडब्लू गरेका थिए । फखार जमान पनि १३ रनमै आउट भएका थिए। माेहम्मद रिजवानले सर्वाधिक ३१ रनकाे याेगदान गरे । सदाब खानले भने खासै रन जाेड्न सकेनन् । खान ७ बल मा ४ रन जाेड्दै पविलियन फर्किएका थिए ।
इफ्तिकर एहमद ५ र नसिम साह १० रनमै सिमित भए ।
भारतका लागि जसप्रित बुम्राहले सर्वाधिक ३ विकेट लिएका थिए । ३.५ काे इकाेनाेमिमा बुम्राहले भारतकाे लागि उत्कृष्ट बलिङ गरेका थिए।
यस्तै हार्दिक पाण्डेयले ४ ओभरमा २४ रन खर्चिदै २ विकेट लिएका थिए। भारतकाे जितमा अक्षर पटेल र अर्शदिप सिहंले १-१ विकेटकाे याेगदान गरेका थिए। माेहम्बद सिराजकाे खातामा भने कुनै विकेट पर्न सकेन ।
भारत अब अमेरिका सङ्ग जुन १२ मा अर्काे खेलमा देखिने छ।
पाकिस्तानले के खेलेको खेल