काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेका सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछिपारेर अग्रता कायमै गरेका हुन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को पछिल्लो मत परिणाम अनुसार सुहाङले ३ हजार ७८३ मत पाउँदा दोस्रो स्थानमा रहेका खड्काले २ हजार ७८२ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५६१ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ७८२ मत पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here