‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’, उनले भने, ‘क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने, सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्ने सडकमा विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु ।’

माओवादी जनयुद्ध जस्तो व्यवस्थित विद्रोह इतिहासमै नभएको उनले दाबी गरे । दलाल नोकशाह, पुँजीपति, बिचौलिया जस्ता जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने विरुद्ध लाग्न फेरि एकपटक लड्नुपर्ने बेला आएको प्रचण्डले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here