काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जबारे धेरै ठूला खेल र बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् ।

सांसद केसीले मंगलबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले स्टक एकसच्ञ्ज नयाँ दिनुपर्ने कारण पनि सोध्दै यसबारेमा समितिले जवाफ लिनुपर्ने सुझावसमेत दिए ।

‘स्टक एक्सचेञ्ज नयाँ दिने कुरा आएको छ । यसमा धेरै ठूलो(ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, उनले भने, ‘अर्को बन्ने के कारणले हो? एउटाले किन धान्न सकेन? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here