‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । कात्तिक ९ गते (अक्टोबर २६) टोकियोमा मिस इन्टरनेशन आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी छन् ।शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न हिडन ट्रेजरका प्रतिनिधि पुगेका थिए । उड्नु अगाडि उनले मिस इन्टरनेशनलको ताज नेपाल भित्र्याउने उद्देश्य सहित जापान जान लागेको बताइन् । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।