काठमाडौं । जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट  सम्पर्क विहीन भएको छ । मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि हाकुतो आर नाम दिइएको उक्त ल्यान्डर  सम्पर्कविहीन भएको हो ।

सो ल्यान्डर चन्द्रमाको सतहबाट २९५ फिट आएपछि तल छोएको देखिएको कम्पनीले जनाएको छ । यो ल्यान्डर २ मिटर अग्लो र ३४० किलोग्राम तौलको थियो, जुन चन्द्रमाको अन्तरिक्ष यान मापदण्ड अनुसार तुलनात्मक रूपमा सानो र कम्प्याक्ट थियो । चन्द्रमाको उत्तरी गोलार्द्धमा अवतरण साइटमा पुगेपछि चन्द्रमाको माटो, यसको भू विज्ञान र वायुमण्डलको विश्लेषण गर्न  हाकुतो आर त्यहाँ प्रक्षेपण गरिएको थियो ।

 
टोकियोस्थित आईस्पेस नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । हाल अमेरिका, रुस र चीन मात्र चन्द्रमाको सतहमा रोबोट राख्न सफल भएका छन् । यसमा जापानले चालेको यो कदमलाई ऐतिहासिक मानिएको छ । यद्यपि कम्पनीले भने उक्त ल्यान्डरले चन्द्रमाको सतह नै नछोएको अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here