काठमाडाैं । दक्षिणी जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्त केन्द्र बनाएर ७.१ म्याग्निच्युडकाे भूकम्प गएकाे युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले जनाएकाे छ ।

भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीको भनाई छ ।जापानका प्रधानमन्त्रीले भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापितसम्बन्धी सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, क्षति रोक्न नागरिकलाई बाहिर निकाल्ने जस्ता कदम चाल्नुपर्नेछ । जतिसक्दो चाँडो क्षतिको अवस्थाको आकलन गर्नु भनिएको छ ।

स्थानीय सरकारसँग समन्वय कायम गरी जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here