काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।
ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा २७, २८, २९ र ३० गते बस्नेछ ।
बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, संगठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयमा छलफल गरी आवश्यकब निर्णय हुने पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले बताए ।
गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिने छन् ।