काठमाडौंँ । बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । जसको जानकारी सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन् ।

उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको एक पाँचतारे रिसोर्टमा भएको हो । विवाहमा वृशांकले सेतो रंगको शेरवानी र प्रजक्ताले लेहंगा लगाएकी थिइन् । विवाहको केही तस्वीरमा प्रजक्ताले नौगेडी र लामो तिलहरी लगाएको देखिन्छ । उनीहरुको विवाह हिन्दू परम्पराअनुसार अनुमान लगाउन सकिन्छ ।

उनलाई बलिउड कलाकारहरु मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका छन् । ‘जुगजुग जियो’मा उनले अभिनेता वरुण धवनकी बहिनीको भूमिकामा अभिनय गरेकी थिइन् ।

वृशांक र प्रजक्ता मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने सन् २०११ देखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । वृशांक कर्पोरेट लयर हुन् । प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here