कंगो । कङ्गोमा जनवरीयता झन्डै ७ हजार जना मारिएका छन् । त्यहाँका प्रधानमन्त्रीले सोमबार जेनेभामा जुडिथ सुमिन्वा तुलुकाले मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकमा यस्तो बताएका हुन् ।
लडाइँमा विस्थापित भएकाहरूलाई राख्न प्रयोग हुँदै आएका ९० क्याम्प ध्वस्त भएपछि ४ लाख ५० हजार मानिस छतबिन बनेको तुलुकाले बताएका छन् ।
सशस्त्र समूह एम२३ले कंगोमा एक दशकभन्दा बढी समययताकै भयानक द्वन्द्व गराइरहेको छ । यस समूहले पूर्वका कयौं क्षेत्रलाई नियन्त्रणमा लिएर बहुमूल्य खनिज खानीमाथि कब्जा जमाएको छ ।
एम२३ लाई रुवान्डाको समर्थन रहेको कंगो, संयुक्त राष्ट्र संघ र पश्चिमी देशहरूले आरोप लगाउँदै आएका छन् । तर रुवान्डाले भने यो आरोप खण्डन गर्दै आएको छ ।