काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीलाई आज प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनान्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्रीमा विजया बुढा र उद्योग, सुरेश अधिकारीपर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । 

मन्त्रीका लागि उनीहरूको नाम शुक्रबार नै पठाइएपनि आन्तरिक तयारी नपुगेको भन्दै मुख्यमन्त्री यामलाल कँडेलले शपथ अगाडि बढाएका थिएनन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here