काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
उता पाँचथरको फिदिम नगरपालिका-२ बैरङ्गीस्थित अलैँची बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।