काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । कुलेश्वर र कीर्तिपुरमा शनिबार दुवै जना मृत फेला परेका हुन् । काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ, कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

उता सर्लाहीको ईश्वरपुर नगरपालिका-७ स्थित सागरनाथ जङ्गलमा साधु जस्तो देखिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-१ बेस्तडा बस्ने १९ वर्षीय सुजन खड्का सोही गाउँपालिका-३ मेहलतोलीस्थित भिर मुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here