सोल । दक्षिण कोरियामा आठ जना घाइते भएका छन् । हवाई सेनाको एक जेटले बिहीबार झुक्किएर सर्वसाधारणहरू बस्ने घर र चर्चमाथि बम फ्याकेपछि ती मानिसहरू घाइते भएका हुन् ।
पोचिअनमा सैन्य अभ्यासको क्रममा यो दूघर्टना भएको हवाई बल र अग्नि विभागका अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको गेओङ्गी–दो बुक्बु अग्नि सेवाका एक अधिकारीले बताए ।
पोचिअन उत्तर कोरियाको सीमा नजिक सोलबाट उत्तर पूर्वमा करिब ४० मिटर टाढा छ । संयुक्त सैन्य अभ्यासका क्रममा केएफ–१६ जेटबाट ५ सय पाउन्ड तौल भएका आठ थान एमके ८२ बम सटिङ रेञ्जबाहिर खसेका थिए ।
यो घटनाबाट भएको क्षतिका लागि हवाई सेना बलले एक विज्ञप्तिमा माफी मागेको छ । स्थानीयहरूले घटनाको विरोध गरेका थिए ।