काठमाडौँ । ललितपुर महानगरपालिकामा फोहोर उठ्न सकेको छैन । फोहोर उठाउने सवारी साधन बिग्रेर फोहोर उठाउन नसकिएको बताइएको छ । महानगरका प्रवक्ता राजु महर्जनले महानगरपालिकाले पार्किङ गर्ने स्थानमा बाढी पसेर फोहोर उठाउने सवारी साधान बिग्रिएकाले फोहोर उठान नसकिएको बताए । उनले फोहोर उठाउने सवारी साधान मर्मतका गरिरहेको उनले बताए । 

‘फोहोर उठाउने सवारी साधन मर्मतका गर्दै छौँ,’ उनले भने, ‘दुई तीन दिन मर्मत गर्न लाग्छ, सो समयसम्म स्थानीयले आफ्नो घरमा नै फोहोर व्यवस्थापन गरिदिनु पर्‍यो ।’सडकमा रहेका फोहोर भने सवारी साधान भाडामा लिएर पनि फोहोर उठाउने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here