काठमाडौं । एसुसले विश्वकै पातलो ओएलईडी डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । ल्यापटप कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको ल्यापटप मध्येको सबैभन्दा पातलो ल्यापटप हो ।

कम्पनीको जेनबुक एस थर्टिनमा विश्वको सबैभन्दा पातलो लुमिना ओएलईडी डिस्प्ले प्रयोग गरिएको छ । यो डिस्प्ले १३.३ इन्चको रहेको छ । यो ल्यापटप ०.४३ इन्च अर्थात् १.०९ सेन्टिमिटर बाक्लो र २.२ एलबीएस ०.९९ किलोग्राम रहेको छ । यसमा ३२ जीबी र्‍याम र एक टीबी स्टोरेज उपलब्ध गराइएको छ ।

साथै ल्यापटपमा ६३ वाटको ब्याट्री राखिएको छ, जसलाई ७० प्रतिशत चार्ज हुनको लागि ४९ मिनेट मात्र लाग्छ । कम्पनीले ल्यापटपको मूल्य एक हजार ३९९.९९ डलर १ लाख ८३ हजार रुपैयाँभन्दा बढी तोकेको छ । एसुस कम्पनीका उत्पादन अन्य कम्पनीको तुलनामा गुणस्तरीय र महँगो पनि छ । विशेष गरी कम्प्युटर डेक्सटप, ल्यापटप, मोवाइल, ग्राफिक्स कार्ड, प्रोजेक्टर, मोनिटरलगायतका सामाग्रीको उत्पादन र बिक्री गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here