काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उनी पाँच वर्षे हदम्यादको विपक्षमा उभिएका हुन् ।
पाँच वर्ष हदम्याद किन ? भ्रष्टाचारलाई जोगाउन भन्ने जनताको भनाई छ। म पनि भ्रष्टाचारका मुद्दामा सीमा तोक्ने कुराको विरोध गर्दछु, उनले भने । नीतिगत निर्णयमा छानबिन हुनुपर्नेमा उनले जोड दिए । मेलम्ची कसलाई दिने भन्ने, ललिता निवासको जग्गासम्बन्धी निर्णय नीतिगत निर्णय हुन नसक्ने उनको भनाइ छ ।