xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।  बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here