काठमाडाैं । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ यात्रा शुरु गरिएको छ । बिहीबार दिउँसोबाट यात्रा प्रारम्भ गरिएको छ र रथलाई जावलाखेल पुर्याइनेछ ।
काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रुपमा मानिने यो करिब १६ सय वर्ष अघि शुरू भएको मानिन्छ ।
मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।