जनकपुर । मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । आफ्नै बेडमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

घटना बिहान ७ बजेको भएको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रवक्ता सिंहका अनुसार मृतक यादवको कोठामा जाँदा उनले बान्ता गरेको समेत पाइएको छ ।

अहिलेसम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले हिजो आफ्नो घर परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।

प्रहरीका अनुसार कुराकानी गर्दा यादवले आफूलाई सन्चो नभएको जानकारी गराएका थिए । उनले सहकर्मीहरूलाई अस्वस्थ रहेको समेत बताएका थिए ।

मृतक यादवको शव बिहानै पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारणबारे यथेष्ट जानकारी आउने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिंह बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here