काठमाडौं। नेपाली फिल्म निर्देशक मीनबहादुर भाम रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘मेसेज टु म्यान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४’ को जुरी प्रमुख चुनिएका छन् ।
रुसको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो फेस्टिभलको ३४ औं संस्करण आइतबारदेखि सुरु भएको छ । फेस्टिभलका अन्य जुरीमा लोकार्नो फिल्म फेस्टिमलका प्रोग्रामर, अर्जेन्टिना र टर्कीका दुई फिल्म निर्माता र रुसका एक कस्ट्युम डिजाइनर छन् ।
जुरी प्रमुख भाम र फेस्टिभल प्रमुख एवं रुसका प्रसिद्ध फिल्ममेकर अलेक्जइ उचिटेलले संयुक्त रुपमा फेस्टिभलको उद्घाटन गरेका थिए । यस वर्षको फेस्टिभलमा ३० मुलुकका ७८ फिल्म छनोट भएका छन् ।