काठमाडौँ – राष्ट्रियसभा अध्यक्षको चुनावअघि सत्ता पक्षीय चार दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको छ। सत्ता पक्षीय दलहरु एमाले, माओवादी, एकीकृत समावादी र जसपाका शीर्ष नेतासहित सांसदहरुको संयुक्त बैठक बसेको हो। राष्ट्रियसभा अध्यक्ष मात्रै नभइ प्रधानमन्त्रीलाई विश्वासको मत दिनसमेत निर्णायक बनेको एकीकृत समाजवादीले आफ्ना सरोकारहरुमा लिखित प्रतिबद्धता जनाउनुपर्ने जनाएको छ।
राष्ट्रियसभा अध्यक्षका सत्ता गठबन्धनले मनोनित कोटाका नारायण दाहाल र कांग्रेसले युवराज शर्माको उम्मेदवारी परेको छ। राष्ट्रियसभामा माओवादीका १७, एमाले १०, एकीकृत समाजवादी ८ र जसपाको एक सित गरी सत्ता पक्षीय दलसँग ३८ सिट छ। उत्ता विपक्षी गठबन्धनमा कांग्रेसका १६, लोसपाका एक सांसद छन्। राष्ट्रियसभाको बैठक भर्खरै सुरु भएको छ।