काठमाडाैँ – महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन्।महिला हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

मन्त्री आचार्यले महिला हिंसाबिरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताए। उनले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गरे। मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पारे।मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here