काठमाडाैं । विशेषगरी उद्योगी एवं व्यवसायीले चासोका साथ हेरिएको मौद्रिक नीति सार्वजनिक गर्नेगरी तयारी थालिएको छ ।


यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ । मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पुरा गर्ने छ ।

कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

मौद्रिक नीतिका बारेमा अर्थविद एवं सरोकारवालाले फरक-फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।


गत वर्ष साउन ७ गते नीति सार्वजनिक गरिएका कारण यस पटक साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here